काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा हार्दिक बधाई दिएका छन्।
आज एक विशेष सन्देश पठाउँदै मन्त्री सारले नेपाल र इजरायलबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन आफू निकट रहेर सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।
काठमाडौँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले विशेषगरी प्रविधि, कृषि र श्रम जस्ता मुख्य क्षेत्रहरूमा द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
उनले पारस्परिक हितका लागि नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन इजरायल सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन्।
वालेन्द्र साह बालेन नेतृत्वको नयाँ सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाललाई प्राप्त यो वैदेशिक बधाईले आगामी दिनमा नेपाल–इजरायल सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।