arrow

परिपक्व बचतपत्रको साँवा तथा ब्याज तुरुन्त बुझ्न राष्ट्र बैंकको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएका बचतपत्रधनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म म्याद पुगिसकेका नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रको रकम बुझ्न आग्रह गरेको हो।

सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रहरूको अवधि समाप्त भइसक्दा पनि कतिपय लगानीकर्ताले आफ्नो लगानी र आर्जित ब्याज दाबी गरेका छैनन्। विभागले लामो समयसम्म परिपक्व रकम नलिई राख्नु उपयुक्त नहुने बताउँदै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र सरकारले आन्तरिक ऋण परिचालनका लागि प्रयोग गर्ने प्रमुख उपकरण हुन्। यसको माध्यमबाट सर्वसाधारण र विदेशमा रहेका नेपालीको बचतलाई देशको विकास निर्माणका कार्यमा उपयोग गरिँदै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ