arrow

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली भएको छ।

गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो पनि हिमाली क्षेत्रमा साधारणतया बदली रहने र कोशी प्रदेशका पहाडी भागका साथै अन्य प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति भने पहाडी तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा साधारणतया बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली भागमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

विशेष गरी हिमाली क्षेत्रमा हुने हिमपात र पहाडी भेगमा हुने आकस्मिक वर्षाले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले पछिल्लो मौसमी अवस्थाबारे अपडेट रहन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ