arrow

प्रि-मनसुनमा औसतभन्दा बढी वर्षा, शुक्रबारदेखि पुनः पानी पर्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
cloud-jhapa-rain-82-11-24 (4).jpeg

काठमाडौँ । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा हालसम्म औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार फागुन १५ देखि जेठ १५ सम्मको अवधिलाई प्रि-मनसुन मानिने गरिन्छ र यस वर्ष मङ्गलबारसम्मको अवधिमा हुनुपर्ने सामान्य वर्षाको तुलनामा बढी पानी परिसकेको छ। 

यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गरेकोमा यस वर्ष हालसम्म करिब २९.५ प्रतिशत वर्षा मापन भइसकेको छ। कुल २२६ मिलिमिटर वर्षा हुनुपर्ने यो समयमा मङ्गलबारसम्म ७७.५ मिलिमिटर वर्षा भइसकेको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ।

हालको मौसम प्रणालीमा सामान्य बदली देखिए पनि मङ्गलबारको तुलनामा आज बुधबार तापक्रममा केही वृद्धि भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम मङ्गलबार २२ डिग्री सेल्सियस रहेकामा आज २५ डिग्री सेल्सियस पुगेको मौसमविद् महर्जनले जानकारी दिइन्। 

विभागका अनुसार भोलि बिहीबारसम्म देशभरको मौसम सामान्यतया सफा रहने देखिएको छ। तर, शुक्रबारदेखि भने देशका विभिन्न भागमा पुनः वर्षा हुने सम्भावना रहेकाले मौसमको परिवर्तनशीलतालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ