arrow

पहाडी र हिमाली क्षेत्रमा बदली: वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा फेरबदल देखिएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली देखिएको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

आज दिउँसो पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने भए तापनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। 

यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेकाले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन भनिएको छ। 

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी पहाडी तथा तराई भेगमा भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

विशेष गरी गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ। 

हिमाली क्षेत्रका विभिन्न स्थानमा पर्न सक्ने वर्षा र हिमपातका कारण दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो जानकारी लिइरहन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ