प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, आगामी कार्ययोजनामा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
672
Shares
काठमाडौँ । आज सिंहदरबारमा संघीय संसद्को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको महत्त्वपूर्ण बैठक बस्दैछ।
संसद् सचिवालयका अनुसार बैठक मध्यान्ह १२:१५ बजे समितिको आफ्नै सभा कक्षमा सुरु हुने कार्यतालिका रहेको छ।
बैठकको मुख्य एजेण्डा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा केन्द्रित रहने जनाइएको छ।
यस छलफलले आगामी दिनमा समितिले गर्ने अनुगमन, सरकारी आश्वासनहरूको कार्यान्वयनको अवस्था र प्रत्यायोजित विधायनको क्षेत्रमा गरिने कामहरूको प्राथमिकता तय गर्ने अपेक्षा गरिएको छ।