साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी
१३ गते शपथ, १३ दिनको कार्यकाल, पदीय मर्यादाको दुरुपयोग गरेसँगै रहेन मन्त्रीको कुर्सी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
1.2k
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो ।
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् ।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री साहले फिर्ता बोलाएका थिए ।
साहले बाँकी १४ मन्त्रीहरूले जस्तै चैत १३ गते मन्त्री पदको शपथ लिएका थिए । तर मात्र १३ दिनको कार्यकालपछि पदीय मर्यादाको दुरुपयोग गरेसँगै उनी मन्त्रीको कुर्सीबाट हटेका छन् ।