arrow

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसममा परिवर्तन देखिनेछ।

देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा हिमाली भूभागमा आंशिक बदली रहे पनि पहाड र तराईको मौसम मुख्यतया सफा रहने देखिन्छ। यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

पहाडी र हिमाली क्षेत्रमा हुन सक्ने सामान्य वर्षा र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ