देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, नयाँ वर्षका दिन यस्तो रहनेछ मौसम
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
774
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ।
विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लाहरूमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशका पहाडी भू–भाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावनासँगै उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने देखिन्छ।