arrow

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
vegetables-tarkari-2082.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२ वैशाख) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। दैनिक भान्सामा धेरै प्रयोग हुने रातो आलु प्रतिकिलो २३ रुपैयाँ र भारतीय रातो आलु २४ रुपैयाँमा कारोबार भइरहेको छ। प्याज (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ र स्थानीय सानो गोलभेँडा ३५ रुपैयाँमा उपलब्ध छ। त्यस्तै, बन्दा प्रतिकिलो ४५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ र हाइब्रिड सेतो मूला ३० रुपैयाँ कायम गरिएको छ।

तने बोडी प्रतिकिलो ९० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, भिन्डी ११० रुपैयाँ र घिरौँला ५० रुपैयाँ तोकिएको छ। महँगो तरकारीमध्ये कुरिलो प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ भने निगुरो ८० रुपैयाँ र ब्रोकाउली १०० रुपैयाँमा पाइन्छ। च्याउमा डल्ले च्याउ प्रतिकिलो ४०० रुपैयाँ र कन्य च्याउ २०० रुपैयाँ तोकिएको छ। सिताके च्याउको मूल्य भने प्रतिकिलो १,००० रुपैयाँ रहेको छ।

र आयो साग ७० रुपैयाँ, पालुङ्गो र चमसुर ११०–११० रुपैयाँ तथा हरियो प्याज १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। हरियो धनियाँको मूल्य १३० रुपैयाँ र हरियो खुर्सानीको मूल्य १०० रुपैयाँ कायम गरिएको छ। सुकेको नेपाली लसुन १४० रुपैयाँ र चिनियाँ लसुन २२० रुपैयाँमा उपलब्ध छ।

फलफूलतर्फ स्याउ (फुजी) ३२० रुपैयाँ, कागती ३०० रुपैयाँ र अनार ३८० रुपैयाँ प्रतिकिलो तोकिएको छ। अङ्गुर कालो ३५० रुपैयाँ र हरियो २३० रुपैयाँमा पाइन्छ। यस्तै, मेवा (नेपाली) ७० रुपैयाँ, किबी ४०० रुपैयाँ र सबैभन्दा महँगो एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ कायम गरिएको छ।

ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ प्रतिकिलोमा थोक बिक्री भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ