काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाएका हुन् ।
बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतको फैसलापछि गगन थापा नेतृत्वमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक छलफल हुने बताइएको छ ।
यसअघि विशेष महाधिवेशन गरेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई शेरबहादुर देउवा नेतृत्वको संस्थापनले पाँच वर्षका लागि कारबाही गरी निलम्बन गरेको थियो ।
अहिले भने सभापति थापाले सबैलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धतासहित १५ औँ महाधिवेशनमा होमिन सबै पक्षलाई आह्वान गरेका छन् ।