arrow

रास्वपाले सोमबारका लागि डाक्यो केन्द्रीय समिति बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उनले बताए । यसैबीच रास्वपा सचिवालय बैठक आज अपराह्न बस्दैछ । 

बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ । बैठकमा प्रतिनिधि सभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ