arrow

स्वामी रामभद्राचार्य भन्छन्- प्रधानमन्त्री बालेनको भारतप्रतिको दृष्टि ठीक छैन [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
swami-rambhadracharya-83-1-6 (6).jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले प्रधानमन्त्री वालेन्द्र साह बालेनको भारतप्रति रवैया ठीक नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठीक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए ।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनु पर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए ।

साथै उनले स्व.राजा विरेन्द्रको बेलामा हुने गरेका परम्पराहरू पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे ।

धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे । उनले विगतमा धर्मान्तर गाउनहरूको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए । उनले राजसंस्था फेरि आउनुपर्ने बताए ।

उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए । उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्र पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए ।

त्यस्तै उनले नेपाल समृद्ध होस् र कुनै देशमा निर्भर नहोस् भन्ने कामना गरेका छन् । उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुनु पर्ने धारणा राखे ।

धर्मगुरु रामभद्राचार्य प्रत्येक वर्ष एक पटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन् । 

यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महसुस हुने गरेको उनले बताए । (नेपाल न्यूज बैंक)

swami-rambhadracharya-83-1-6 (2).jpg
swami-rambhadracharya-83-1-6 (3).jpg
swami-rambhadracharya-83-1-6 (4).jpg
swami-rambhadracharya-83-1-6 (5).jpg
swami-rambhadracharya-83-1-6 (6).jpg
swami-rambhadracharya-83-1-6 (7).jpg
swami-rambhadracharya-83-1-6 (8).jpg
swami-rambhadracharya-83-1-6 (9).jpg
swami-rambhadracharya-83-1-6 (10).jpg
swami-rambhadracharya-83-1-6 (11).jpg
swami-rambhadracharya-83-1-6 (12).jpg
swami-rambhadracharya-83-1-6 (13).jpg
swami-rambhadracharya-83-1-6 (14).jpg
swami-rambhadracharya-83-1-6 (15).jpg
swami-rambhadracharya-83-1-6 (16).jpg
swami-rambhadracharya-83-1-6 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ