arrow
ADVERTISEMENT

तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
devraj0chalise-12-01.jpg

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहका सरकारबीच अधिकार बाँडफाँट स्पष्ट नहुँदा संघीयता बदनाम हुँदै गएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनका अनुसार संघीयता आफैँमा खर्चिलो वा अव्यवहारिक होइन, तर कार्यान्वयनमा कमजोरी देखिएको छ । अधिकारको स्पष्टता नहुँदा संघ, प्रदेश र स्थानीय तहबीच शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा दोहोरोपन (ओभरल्याप) देखिएको उनले बताए।

चालिसेले संघीय व्यवस्थालाई चिकित्सा विज्ञानसँग तुलना गर्दै, “डाक्टर खराब हुन सक्छ, तर चिकित्सा विज्ञान होइन” भन्दै केही व्यक्तिका कमजोरीका आधारमा प्रणालीमाथि प्रश्न उठाउनु गलत हुने बताए । लोकतन्त्र र संघीयताको संरचनात्मक आधार कमजोर बनाउन नहुने उनको भनाइ छ।

उनले स्थानीय तहलाई कर्मचारी नियुक्त गर्ने अधिकार अझै नदिइनु प्रमुख समस्या भएको उल्लेख गरे ।

संघबाट पठाइएका कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले प्रभावकारी रूपमा परिचालन गर्न नसकेको अवस्थासमेत रहेको उनले बताए ।

अधिकार बाँडफाँट स्पष्ट गरी स्थानीय सरकारलाई सशक्त बनाउने हो भनेमात्र संघीयता प्रभावकारी हुने उनको निष्कर्ष छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ