arrow

तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

देशको मौसममा फेरबदल : हिमाली र पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशको मौसममा फेरबदल आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले सोमबार देशका विभिन्न स्थानमा हल्का बदली भएको छ। 

विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने देखिएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा र मधेस, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना देखिएको छ। 

महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका साथै गण्डकी प्रदेशको पहाडी भू-भागका केही सीमित स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। 

मौसममा आएको यो परिवर्तनले पहाडी र हिमाली भेगको जनजीवनमा केही प्रभाव पार्न सक्ने देखिएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ