arrow

टेकुको वंशीघाट सुकुमवासी बस्तीमा चल्यो डोजर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
teku-banshighat-dozer-83-1-18 (6).jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमवासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत दोस्रो चरणमा आजदेखि विभिन्न क्षेत्रमा डोजर चलेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरुले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने क्रम चलिरहेको छ । 

यी तस्बिरहरू टेकुको वंशीघाट क्षेत्रका हुन् । यहाँ बिहानसम्मै सामान धमाधम सार्ने क्रम चलिरहेको थियो । 

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ। 
 

teku-banshighat-dozer-83-1-18 (2).jpg
teku-banshighat-dozer-83-1-18 (3).jpg
teku-banshighat-dozer-83-1-18 (4).jpg
teku-banshighat-dozer-83-1-18 (5).jpg
teku-banshighat-dozer-83-1-18 (6).jpg
teku-banshighat-dozer-83-1-18 (7).jpg
teku-banshighat-dozer-83-1-18 (8).jpg
teku-banshighat-dozer-83-1-18 (9).jpg
teku-banshighat-dozer-83-1-18 (10).jpg
teku-banshighat-dozer-83-1-18 (11).jpg
teku-banshighat-dozer-83-1-18 (12).jpg
teku-banshighat-dozer-83-1-18 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ