arrow

न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा बदली, मेघगर्जन र हावाहुरीसहित असिनाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा पनि साधारणतया बदली रहेको छ।

दिउँसो सुदूरपश्चिमको तराई बाहेक देशभरका अधिकांश पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली कायमै रहनेछ। यी प्रदेशका केही स्थानहरू र लुम्बिनी तथा कर्णालीको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना छ। देशका बाँकी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने देखिएको छ।

हावाहुरी, चट्याङ्ग र असिनाले जनजीवन, कृषि र यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ