arrow

सिनामंगलका अनधिकृत संरचनामा चल्यो डोजर [भिडियो]

सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
कषलबःबलनबिऔमयशभच.jpg

काठमाडौँ । सरकारले काठमाडौँको सिनामंगलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू हटाउन सुरु गरेको छ। सार्वजनिक जग्गाको संरक्षण गर्ने र सहरी व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले शनिबार ती संरचनाहरू भत्काउन डोजर चलाएको हो।

लामो समयदेखि सार्वजनिक स्थल र नदी किनारका क्षेत्र ओगटेर बनाइएका त्यस्ता संरचनाहरू हटाउन महानगरपालिकाले यसअघि नै पटक-पटक सूचना जारी गरेको थियो। स्थानीय प्रशासन र नगर प्रहरीको समन्वयमा भएको यस कारबाहीका क्रममा दर्जनौँ टहरा र अवैध रूपमा सञ्चालित व्यावसायिक संरचनाहरू भत्काइएका छन्।

सरकारले पछिल्लो समय सार्वजनिक जग्गाको संरक्षण, ढल निकास र सडक विस्तारमा अवरोध पुर्‍याउने अनधिकृत निर्माणहरू हटाउने कार्यलाई देशभर नै तीव्रता दिँदै आएको छ। सिनामंगल क्षेत्रमा गरिएको यो कारबाहीले वागमती कोरिडोर र आसपासको क्षेत्रलाई थप व्यवस्थित बनाउनुका साथै नदी किनारको प्राकृतिक बहाव र सुन्दरता कायम राख्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ