arrow

पहाडी र हिमाली क्षेत्रमा वर्षाका साथै हिमपातको सम्भावना, तराईमा हावाहुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

आज दिउँसो मुलुकका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, मधेस प्रदेश र कोशी प्रदेशको तराईका केही भाग तथा बाँकी तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

विशेष गरी लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र यातायातमा पर्न सक्ने प्रभावप्रति सजग रहन सर्वसाधारणलाई सूचित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ