arrow

देशभर मौसमी प्रणालीको प्रभाव: मेघगर्जन चट्याङसहित वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणतिर पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले समेत मौसममा प्रभाव पारिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने कोशी, कर्णाली, लुम्बिनीको पश्चिमी क्षेत्र र हिमाली भू-भागमा साधारणतया बदली देखिएको छ । देशका अन्य पहाडी र तराई भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिमका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली हुनेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा र चट्याङको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ