arrow

देशभर तीन मौसमी प्रणालीको प्रभाव: मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने तराईका बाँकी भागमा आंशिक बदली रहेको छ। 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसोको मौसम देशभरका पहाडी र हिमाली भेगका साथै कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहने र बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। 

कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी तराईका अन्य केही स्थानमा हल्का वर्षा हुन सक्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज रातिको समयमा पनि पहाडी र हिमाली भेगमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहने देखिएको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ