arrow

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
basana-thapa-12-27.jpg

काठमाडौँ। नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री वालेन्द्र साह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् ।

यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छन् ।

उनले भनिन्,‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृष्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृष्य होइन्। यो संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको गम्भीरता हो। यस विषयमा सरकारले स्पष्ट जवाफ दिइयोस्। संवैधानिक पदको सम्मान गरियोस् । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस् । र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ