तरकारी र फलफूलको मूल्य: च्याउ साढे तीन सयदेखि एक हजारसम्म, स्याउ तीन सय रुपैयाँ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
540
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा दैनिक उपभोग हुने तरकारी र फलफूलको बजार भाउ तोकिएको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल तथा भारतीय) ६५ रुपैयाँ, तराईको गोलभेँडा ६० रुपैयाँ र टनेलको गोलभेँडा ७८ रुपैयाँ कायम गरिएको छ। यस्तै, आलु रातो (लाम्चो) २८ रुपैयाँ, आलु रातो (गोलो) २३ रुपैयाँ, भारतीय रातो आलु २७ रुपैयाँ र सुकेको भारतीय प्याज प्रतिकिलो ३८ रुपैयाँ तोकिएको छ। स्थानीय गाजर ६० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टाको मूल्य ७० रुपैयाँ तोकिएको छ।
तने बोडी ८० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, स्थानीय घिउ सिमी ९५ रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० रुपैयाँ र राजमा सिमी १०० रुपैयाँ कायम भएको छ। भटमास कोसा १४० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, लौका ६० रुपैयाँ, स्थानीय तथा तराईको परवर ६० रुपैयाँ, चिचिन्डो ५० रुपैयाँ, घिरौँला ७० रुपैयाँ, झिगुनी ९० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो र डल्लो दुवै) ४० रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, भिन्डी ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ निर्धारण गरिएको छ।
रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, तोरीसाग ४० रुपैयाँ, चमसुरको साग १४० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ पुगेको छ। च्याउतर्फ कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउको मूल्य सबैभन्दा बढी प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।
कुरिलो र ब्रोकाउलीको मूल्य क्रमशः ३५० र १२० रुपैयाँ रहेको छ। चुकुन्दर ६५ रुपैयाँ, निगुरो ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, सजीवन १२० रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, पार्सले २८० रुपैयाँ, सेलरी र सौफको साग १२० रुपैयाँ, पुदिना १०० रुपैयाँ, गान्टेमुला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफू १५० रुपैयाँ तथा गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ झोले स्याउ २५० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, कागती २८० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, हरियो अङ्गुर ३०० रुपैयाँ, कालो अङ्गुर ४५० रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ र भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ कायम भएको छ। काँक्रो स्थानीय ६० रुपैयाँ, हाइब्रिड २५ रुपैयाँ, लोकलक्रस ५० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा ९० रुपैयाँ र एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।
हरियो नरिवल १६० रुपैयाँ, अदुवा १७० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी १०० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ, भेडेखुर्सानी ८० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० रुपैयाँ, नेपाली सुकेको लसुन १२० रुपैयाँ, सुकेको छ्यापी १२० रुपैयाँ र हरियो छ्यापी १०० रुपैयाँ तोकिएको छ। सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) ३४० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ र छडी माछा २८० रुपैयाँ निर्धारण गरिएको छ।