arrow

पुटिन र यूएईका राष्ट्रपतिबीच फोन वार्ता

मध्यपूर्वको अवस्था र द्विपक्षीय साझेदारीमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
putin-25-12-4www.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो जटिल अवस्थाबारे टेलिफोन संवाद भएको छ। दुवै नेताले यस क्षेत्रको तनावले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्न सक्ने दूरगामी प्रभावबारे गम्भीर छलफल गरेका हुन्।

युएईको सरकारी समाचार संस्थाका अनुसार दुई राष्ट्रप्रमुखबीच विशेषगरी मध्यपूर्वको वर्तमान परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा समग्र विश्व अर्थतन्त्रमा पार्न सक्ने असरका विषयमा केन्द्रित रहेर गहन विचार आदानप्रदान भएको थियो।

वार्ताका क्रममा युएई र रुसबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ। दुवै नेताले आपसी हितका क्षेत्रहरूमा सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबीच जारी द्वन्द्वका क्रममा युद्धकैदीहरूको आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले खेल्दै आएको रचनात्मक मध्यस्थता प्रयासको उच्च प्रशंसा गरे। उनले युएईको उक्त शान्तिपूर्ण पहल मानवीय दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण र सराहनीय रहेको उल्लेख गरेको समाचार संस्थाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ