arrow

एमाले सचिवालय बैठक बस्दै, उपाध्यक्षहरूको समीक्षाले तरङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
uml-sachibalaya-83-2-8.jpg

भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ । सचिवालयको बैठक बिहान ११ः३० बजे गुण्डूस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुनः बस्ने भएको हो । 

हिजो पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । यसले त पार्टीमा तरङ्ग ल्याएको छ । एक जना उपाध्यक्ष रामबहादुर थापा बादल बाहेक सबैले नेतृत्व परिवर्तनका लागि घुमाउरो शैलीमा धारणा प्रस्तुत गरेका छन् । 

हिजो केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको थियो ।

साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताएका थिए ।

बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उनले नेताहरूको कार्यविभाजनको विषयले बैठकमा प्रवेश नपाएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ