arrow

तीन प्रदेशमा वर्षा, तराईमा 'लु' चल्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। 

मधेस प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ। मधेस प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। 

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन र तराई भू-भागमा तातो लहर (लु) चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र तराई भू-भागमा मुख्यतया सफा रहनेछ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ