ईयूका गैरआवासीय राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री साह
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
542
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार यहाँस्थित युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री साहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।