रास्वपा छाडेर आएकी ममता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा) लाई मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी शर्मालाई मंगलबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
सभापति थापाले शर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा, ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
ममता गत फागुन ६ गते कांग्रेसले जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दा सम्बोधन गरी पार्टीमा औपचारिक रूपमा प्रवेश गरेकी थिइन् ।