arrow

बजेट पूर्व रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
congress-parliamentary-offi.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व पार्टीको आन्तरिक रणनीति तय गर्न कांग्रेसले यो बैठक आह्वान गरेको हो।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। बैठकमा मुख्यतया बजेट अधिवेशनमा पार्टीको भूमिका कस्तो रहने र सदनमा प्रस्तुत हुने विषयहरूमा कुन ढङ्गले अगाडि बढ्ने भन्नेबारे विस्तृत छलफल हुने जनाइएको छ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरिँदैछ। बजेट भाषणको ठीक अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।

 बैठकमा बजेटका अतिरिक्त समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले लिने समग्र रणनीतिका बारेमा समेत संसदहरूबीच गहन विचार विमर्श हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ