arrow

राष्ट्रिय सभाको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
upper-house-82-12-19q.jpg

काठमाडौँ ।  राष्ट्रिय सभाको बैठक जारी छ। आगामी आर्थिक वर्षका लागि गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज राष्ट्रिय सभाको बैठक बसेको हो।

आजको बैठकका लागि मुख्य गरी निर्वाचन र मतदाता नामावली सम्बन्धी विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यतालिका तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र साहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

यसैगरी उक्त विधेयकमाथिको छलफल सकिएपछि प्रधानमन्त्री साहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

निर्वाचन विधेयकका साथै प्रधानमन्त्री साहले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने छन्। 

यो विधेयकमाथिको दफावार छलफल सकिएलगत्तै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ