arrow

पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना, तराईमा भने तातो दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। जसका कारण देशका विभिन्न भूभागको मौसममा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको गतिविधि भइरहेको छ।

अहिले देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। यसै गरी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्ने देखिन्छ। दिउँसो देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यही समयमा मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा भने कडा घाम लागेर तातो दिन हुने सम्भावना रहेको छ।

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मुख्यतया मौसम सफा रहने छ। रातिको समयमा कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ