arrow

राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
upper-house-82-12-19q.jpg

काठमाडौँ ।सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्याह्न सवा १२ बजे बस्ने भएको छ। आज बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू तय गरेको छ। बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

त्यसलगत्तै बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएसँगै सदनमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् नयाँ बजेटमाथि सामान्य छलफल औपचारिक रूपमा प्रारम्भ हुनेछ।

यसै गरी आजको बैठकमा अर्थमन्त्री डा। वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत राष्ट्रिय सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ