अमेरिकी डलरको यस्तो छ बिक्रीदर, कुवेती दिनार सबैभन्दा महँगो
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
480
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर लगायतका प्रमुख खाडी तथा अन्य देशका मुद्राहरूको खरिद र बिक्रीदर तोकिएको हो ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९६ पैसा रहेको छ ।
पछिल्लो समय नेपालीहरूको मुख्य गन्तव्य बन्दै गएका देशहरूको मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
रोजगारीका लागि खाडी मुलुक र मलेसियामा रहेका नेपालीहरूका लागि साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा तोकिएको छ ।
अन्य मुद्राहरूमा थाइ भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८२ पैसा र बिक्रीदर २३ रुपैयाँ ९२ पैसा र हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ ।
आजको विनिमयदरमा कुवेती दिनार सबैभन्दा महँगो देखिएको छ, जसको एक दिनारको खरिददर ४९८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ५०० रुपैयाँ २८ पैसा कायम गरिएको छ । यसै गरी बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४०७ रुपैयाँ २४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८५ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर स्थिर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने र ग्राहकहरूले अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सक्ने बैंकले प्रस्ट पारेको छ ।