arrow

विश्व वातावरण दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
envaroment-day.jpg

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न चेतनामूलक तथा रचनात्मक कार्यक्रमका साथ मनाइँदैछ । यसवर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ यो दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।

दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा एक विशेष समारोहको आयोजना गर्दैछ । उक्त मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वातावरणविद् तथा यस क्षेत्रका सरोकारवालाहरूको व्यापक उपस्थिति रहने वातावरण विभागले जनाएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकासको प्रवर्द्धन गर्ने विषयमा आम नागरिकमा जनचेतना अभिवृद्धि गर्न यसवर्षको विश्व वातावरण दिवसलाई विशेष महत्त्वका साथ मनाउन लागिएको जानकारी दिए । दिवसका अवसरमा आज देशभरका विभिन्न स्थानीय तह, सामाजिक संघसंस्था र शैक्षिक प्रतिष्ठानहरूले वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ