सुरुङमार्ग र कर्णाली प्रदेशको अनुगमन प्रतिवेदनमाथि समितिमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
471
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। दुवै समितिको बैठक बिहान ११:०० बजेका लागि तय गरिएको छ।
बिहान ११:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा देशकै गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा—सिस्नेखोला सुरुङ्गमार्गको वर्तमान अवस्था र प्रगतिबारे छलफल हुनेछ। बैठकमा सुरुङ्गमार्गको काम, चुनौती र आगामी कार्यदिशाबारे सम्बन्धित विभाग तथा आयोजनाका पदाधिकारीहरूलाई बोलाएर सघन छलफल गर्ने कार्यसूची रहेको छ।
यसै गरी, सोही समयमा बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा गरिएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुनेछ। समितिले कर्णाली प्रदेशको वस्तुस्थिति, सङ्घीयता कार्यान्वयनको अवस्था र नागरिकका सरोकारबारे तयार पारेको प्रतिवेदनलाई बैठकमा पेस गरी त्यसमाथि सदस्यहरूबिच समीक्षा गरिने कार्यसूची तय गरिएको छ।