कान्छा कोरियोग्राफर गौरवका भाइ सौरभ बने एसईई सुपर मोडल विजेता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
359
Shares
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ एसईई सुपर मोडल विजेता बन्न सफल भएका छन् । एभरेष्ट इभेन्ट्सको आयोजनामा भएको "मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ भोल्युम ५" मा सौरभ विजेता बन्न सफल भएका हुन् ।
काठमाडौँमा भएको उक्त कार्यक्रममा एसईई दिएर बसेका विद्यार्थी मोडलहरू प्रतिस्पर्धा गराइएको थियो । भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनको सहभागीतामा भएको प्रतिस्पर्धाको छात्रतर्फ सौरभ विजेता हुँदा छात्रातर्फको उपाधि आर्याना सिंहले जितेकी छिन् ।
यी हुन् यसपटकका प्रतिस्पर्धी र हासिल गरेको उपाधिः
मिस्टर प्रिन्स चौधरी (फेस अफ एसईई सुपर मोडल २०२६)
मिस आकृति राई (फेस अफ एसईई सुपर मोडल २०२६)
जोयल महर्जन (फस्ट रनर अप)
युइशा बस्नेत (फस्ट रनर अप)
सावोलिन श्रेष्ठ (सेकेन्ड रनर अप)
कृतिष्मा लामा (सेकेन्ड रनर अप)
आरव श्रेष्ठ (थर्ड रनर अप)
सुम्निमा बजगाई (थर्ड रनर अप)
अन्सान अधिकारी (फोर्थ रनर अप)
युनिशा शाक्य (फोर्थ रनर अप)
विवेक भुसाल (ब्राण्ड एम्बेसडर)
जेलिशा श्रेष्ठ (ब्राण्ड एम्बेसडर)
साइस रौनियार (आयोजकको छनोट)
जेत्सुन डोल्मा मोक्तान (आयोजकको रोजाइ)
सदीक्षा तामाङ (बिटी विथ ब्रेन)
सुशान्त तामाङ (भ्यालेन्टिनो ब्रान्ड: एम्बेसडर)
हिमानी लामाइछाने (भ्यालेन्टिनो ब्रान्ड एम्बेसडर)
साधवी प्रसाईं (पब्लिक च्वाइस अवार्ड)
आयुश्री कार्की (भ्युज च्वाइस)
अविनाश तामाङ (भ्युज च्वाइस रनर अप)
अरिका थापा सर्वाधिक लोकप्रिय (रनर अप)
प्रिन्स पाण्डे सर्वाधिक लोकप्रिय (रनर अप)
विजेतालाई के छ पुरस्कार ?
आयोजकका अनुसार विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै दुवै विजेताले स्मार्ट फोन पाउने छन् । साथै विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रत्येक सहभागीले +२ मा विज्ञान, व्यवस्थापन, मानविकी र २० विभिन्न कलेजहरूमा एक तहको छात्रवृत्ति प्राप्त गर्नेछन् । विजेता दुवैका लागि एभरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ति रहेको छ ।
त्यस्तै आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्स, नेपाल एयरस्टेस एकेडेमीमा छात्रवृत्ति, फलफूल रत्नहरूद्वारा उपहार ह्याम्परहरू, ओप्स नेपालद्वारा उपहार ह्याम्परहरू, सीजीजी स्पोर्ट्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज, विज्ञापन, पत्रिका र समाचारपत्रहरूमा चित्रित हुने अवसर, संगीत भिडियो, छोटो चलचित्र उत्पादन शूट र अन्य धेरै अवसरहरू रहेको आयोजकले जनाएको छ ।
को हुन् विजेता सौरभका दाइ गौरव ?
गौरव नेपालका सबैभन्दा कान्छा कोरियोग्राफर हुन् । उनले गत साल मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका थिए । १७ वर्षको उमेरमा उनले सो कोरियोग्राफी गरेका हुन् ।
गौरव ‘नन्दिनी अर्ग्यानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ का उपाधि विजेता हुन् । उनी पुरुष र क्विन्सी श्रेष्ठ महिलातर्फको उपाधि जित्न सफल भएका थिए । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा उनीहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेका थिए ।
पुरुषमा अवय खड्गी र महिलामा जेसिका सिंह ठकुरी ‘फर्स्ट रनर अप’ भएका थिए ।
प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका थिए । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको आयोजकले जनाएको छ ।