arrow
ADVERTISEMENT

नवलपरासीमा हावाहुरीको बितण्डा: विनयी त्रिवेणीमा सत्र घर र दुई गोठमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
parasi-huri-bitandata.jpg

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको तीव्र वर्षासहितको भीषण हावाहुरीले भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार अचानक आएको हावाहुरीका कारण स्थानीय क्षेत्रका १७ वटा घर र दुई वटा गोठ क्षतिग्रस्त भएका छन्। 

हुरीको वेगले गर्दा विभिन्न घरका टिनका छानाहरू उडाएका छन् भने केही घरमा रुखका ठुला हाँगाहरू खस्दा भौतिक क्षति पुगेको हो। हुरीकै कारण केही कच्ची घरको पर्खाल चर्किएको छ भने एउटा घरको ब्लकको पर्खाल नै भत्किएको प्रहरीले जनाएको छ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार यस प्राकृतिक विपद्बाट स्थानीय भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमाललगायतको घरमा क्षति पुगेको छ। यसै गरी मनबहादुर राना र केमबहादुर विकको गोठ पनि हुरीले भत्काएको छ। 

घटनामा कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एउटा कोठाको ब्लकको पर्खाल खसेको छ भने अन्य केही घरहरूमा रूखका हाँगा खस्दा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

हावाहुरी र वर्षाले भौतिक संरचनामा ठुलो नोक्सानी पुर्‍याए पनि राहतको कुरा के छ भने यस घटनामा कुनै मानवीय तथा पशुचौपायाको क्षति भएको छैन। प्रहरीका अनुसार हावाहुरीका कारण हालसम्म कुनै पनि परिवार विस्थापित हुनुपर्ने स्थिति आएको छैन र प्रभावित क्षेत्रमा आवश्यक समन्वय तथा थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ