arrow
ADVERTISEMENT

विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीलाई ‘रेड कार्ड’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
worldcup-opening-2026.jpg

काठमाडौँ ।  मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउदै फिफा विश्वकप फुटबल २०२६ को उद्द्दाटन खेलमा सुखद् शुरूआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार बिहान सम्पन्न भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरूआत गरेको हो । 

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेलको  नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । 

इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो । 

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । 

त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । 

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । 

यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । 

आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान पौने ८ बजे हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ