arrow

विश्वकपमा जापानले नेदरल्याण्ड्ससँग खेल्यो बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
wf2026-jpn-netherlands.jpg
तस्बिर : सिन्ह्वा ।

काठमाडौँ । विश्वकप फुटबलमा नेदरल्याण्ड्स र जापानले बराबरी खेलेका छन् । एटीएन्डटी स्टेडियममा भएको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरी भएकामा ५१ औँ मिनेटमा भर्गिल भान जिकले गोल गर्दै नेदरल्याण्ड्सलाई प्रारम्भिक अग्रता दिलाए । 

५७ औँ मिनेटमा केटो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए । 

६४ औँ मिनेटमा क्रिसेन्सिओ समरभिल्लेले गोल गर्दै नेदरल्याण्ड्सलाई फेरि अग्रता दिलाए । तर ८९ औँ मिनेटमा डाइची कमाडाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भए । 

खेलमा नेदरल्याण्ड्सले ६० प्रतिशत बल नियन्त्रणमा लिन सफल भए पनि टिमलाई जिताउन भने सकेन । 

टार्गेटमा पनि नेदरल्याण्ड्सले ६ ओटा प्रहार गरेको थियो । जबकि जापानले ३ ओटामात्र प्रहार गरेको थियो । 

यो खेलसँगै समूह एफमा जापान र नेदरल्याण्ड्सले समान १–१ अंक बटुलेका छन् भने स्वीडेन र ट्युनिसियाले बिहान ७ः४५ बजे पहिलो खेल खेल्दैछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ