विधि विज्ञान प्रयोगशाला विधेयकबारे समितिमा विज्ञहरूसँग छलफल गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
295
Shares
तस्बिर फाइल
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको विषयगत समितिको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक आज बस्न लागेको हो।
आज बिहान ८:३० बजे संसद् भवन सिंहदरबारमा बस्ने गरी तय भएको यस बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' का सम्बन्धमा गहन छलफल हुने कार्यसूची रहेको छ। समितिका सदस्यहरूले यस विधेयकलाई थप परिमार्जन र व्यावहारिक बनाउन सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग प्रत्यक्ष परामर्श र छलफल गर्नेछन्।
विधेयकका अतिरिक्त बैठकमा अन्य विविध समसामयिक विषयहरूमा समेत छलफल हुने सचिवालयले जनाएको छ। समिति सचिवालयले बैठकको कार्यसूची तय गर्दै सबै माननीय सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुनका लागि आह्वान गरेको छ।