सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
242
Shares
काठमाडौँ । प्रतिनिधि सभा बैठकले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
यसअघि बैठकमा विपक्षी दलहरूको तर्फबाट नेकपा एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकार गरियोस् भनी प्रस्ताव राखेकी थिइन्। तर, बहुमतले उनको उक्त अस्वीकृतिको प्रस्तावलाई अस्वीकार गरिदिएको थियो।
यो अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै अब सरकारलाई यससम्बन्धी प्रतिस्थापन विधेयक ल्याउने कानुनी बाटो खुला भएको छ।