मोरक्कोले स्कटल्याण्डलाई हरायो, पुग्यो समूहको शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
257
Shares
काठमाडौँ । विश्वकपको फुटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलको दोस्रो मिनेटमै मोरक्कोका इस्माइल साइबारीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन् । त्यसपछि भने कुनै गोल नहुँदा मोरक्को १–० ले विजयी भयो ।
गोलका लागि दुई ओटा प्रहार गरेकामा मोरक्को एउटामा सफल भएको हो । जबकि स्कटल्याण्डले एउटा पनि प्रहार गरेन ।
मोरक्कोले ५९ प्रतिशत बल खेलभरि आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
मोरक्कोले ८ तथा स्कटल्याण्डले ११ ओटा फाउल खेलेको थियो । दुवैतर्फ एक एक जनाले पहेँलो कार्ड खाएका थिए ।
यो नतिजासँगै समूह सीमा दुई खेलबाट ४ अंकसहित मोरक्को शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा हैटीलाई हराएको स्कटल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने मोरक्कोसँग पहिलो खेलमा बराबरी खेलेको ब्रजिल तेस्रो स्थानमा छ ।
जितविहीन हैटी पुछारमा छ । अहिले ब्रजिल र हैटी भिड्दैछन् ।