स्वीडेनमाथि शानदार जितसहित नेदरल्याण्ड्स विश्वकपको नकआउट चरण नजिक
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
916
Shares
काठमाडौँ । स्वीडेनमाथि शानदार जितसहित नेदरल्याण्ड्स विश्वकप फुटबलको नकआउट चरण नजिक पुगेको छ ।
गएराति भएको समूह एफको खेलमा स्वीडेनमाथि ५–१ को फराकिलो अन्तरसहित जित हासिल गर्दै नेदरल्याण्ड्स अन्तिम ३२ नजिक पुगेको हो ।
एनआरजी स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई जिताउन ब्रायन ब्रोब्बे र कोडि गाक्पोले समान दुई तथा क्रिसेन्सिओ सुम्मरभिल्लेले एक गोल गरे ।
स्वीडेनका लागि एन्थोनि इलेङ्गाले सान्त्वना गोल फर्काए । यो जितसँगै नेदरल्याण्ड्स २ खेलबाट ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेलेको थियो । स्वीडेन ३ अंकसहित दोस्रो तथा जापान १ अंकसहित तेस्रो स्थानमा छ भने पुछारको ट्युनिसिया अंकविहीन छ ।