काठमाडौँ । जोर्डन विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा अल्जेरियासँग २–१ ले पराजित हुँदै जोर्डन अन्तिम ३२ को होडबाट बाहिरिएको हो ।
यसअघि अष्ट्रियासँग पराजित जोर्डन अंकविहीन छ । समूह जेबाट अर्जेन्टिना दुवै खेल जितेर अन्तिम ३२ मा पुगिसकेको छ । जोर्डनले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्न बाँकी छ ।
तेस्रो चरणको खेलमा अष्ट्रिया र अल्जेरिया भिड्ने छन् । जित्ने टिम अर्को चरणमा पुग्नेछ । बराबरी हुँदा अष्ट्रियाले गोल अन्तरमा अन्तिम ३२ मा पुग्ने अवसर पाउने छ ।
यस्तो रह्यो जोर्डन र अल्जेरियाको खेलको नतिजा–
पहिलो पटक विश्वकप खेलिरहेको जोर्डन अल्जेरियासँग २–१ ले पराजित भयो । ऐतिहासिक जितका लागि प्रयासरत रहे पनि अन्तिम समय सम्हालिन नसक्दा हारकै सामना गर्नुपर्यो ।
३६ औँ मिनेटमा निजार अल–राश्दानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । मध्यान्तरपछिको अन्तिम २१ मिनेट सम्हालिन नसक्दा जोर्डन पराजित भयो ।
६९ औँ मिनेटमा अल्जेरियाका नधिर बेन्बोउली र ८२ औँ मिनेटमा एमाइन गोउरीले गोल गर्दै टिमलाई जिताए ।
खेलमा जोर्डनले मात्र २८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्न सकेको थियो ।