arrow

इङ्गल्याण्डको निरश प्रदर्शन, ७९ प्रतिशत बल नियन्त्रणमा रहँदासमेत गरेन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
wcf-2026-eng-ghana.jpg

काठमाडौँ । विश्वकप फुटबलको समूहको दोस्रो चरणको खेलमा इङ्गल्याण्डले निरश प्रदर्शन गरेको छ । आज बिहानै सम्पन्न भएको खेलमा इङ्गल्याण्डले घानासँग गोलरहित बराबरी खेलेको हो । 

समूह ‘एल’अन्तर्गतको खेलमा ७९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि इङ्गल्याण्डले गोल गर्न सकेन । गोलका लागि गरेका तीन ओटा प्रहार विफल भए । नौ ओटा कर्नर खेर गए । 

समूह चरणको आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएको इङ्गल्याण्ड शीर्ष स्थानमा छ । 

घानाले पानामालाई १–० गोलले पराजित गरेको थियो । पानामा दोस्रो स्थानमा छ । 

अहिले क्रोएसिया र पानामा खेल्दैछन् । यो खेलमा पराजित हुने टोली बाहिरिने छ । 

बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीचको खेल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ