arrow

भक्तपुरका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
bird-flu.jpg

काठमाडौँ । भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्महरूमा पक्षीमा लाग्ने घातक 'बर्डफ्लू' रोग फेला परेको पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका व्यावसायिक फार्महरूमा बर्डफ्लू सङ्क्रमण फैलिएको पुष्टि भएपछि स्थानीय प्रशासन र पशु चिकित्सकहरूको टोलीले ठुलो सङ्ख्यामा कुखुराहरू नष्ट गरेको छ। 

पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार हालसम्म जिल्लाभर कुल ४८ हजार १७३ वटा कुखुराहरू सुरक्षित रूपमा नष्ट गरिसकिएको छ।

बर्डफ्लू रोग नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाका वडा नम्बर २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ वटा कुखुराहरू नष्ट गरिएको छ। त्यसै गरी सूर्यविनायक नगरपालिकाका वडा नम्बर १, ४ र ८ मा रहेका फार्महरूबाट पनि ९ हजार ३७८ वटा कुखुराहरू मारिएका छन्। 

पशु सेवा कार्यालयले सङ्क्रमण पुष्टि भएका फार्महरूमा रहेका कुखुरा, अन्डा र दानालगायतका सामग्रीहरू सुरक्षित रूपमा खाल्डोमा पुरेर नष्ट गरेको छ। रोग थप फैलिन नदिनका लागि प्रभावित क्षेत्रलाई सङ्क्रमणमुक्त गर्ने कार्य भइरहेको र अन्य फार्महरूमा पनि कडा निगरानी बढाइएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ