सैन्य अभ्यासका क्रममा ग्रिनेड विस्फोट, एक सैनिक जवानको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
298
Shares
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित गोरङ्गे ब्यारेकमा बिहीबार बिहान सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा सैनिक जवान हिमाल विक्रम विष्टको मृत्यु भएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार विस्फोटमा गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा घाइते भएका सहसेनानी हेमराज जोशी लाई थप उपचारका लागि नेपालगञ्ज लगिएको उनले बताए। रासस