रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन तयारी, मतदान राति ९ः१५ देखि
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
284
Shares
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदका लागि उम्मेद्वारी फाराम वितरण तथा दर्ता बिहीबार साँझ ६ः३० देखि ७ः०० बजेसम्म हुनेछ।
आयोगका प्रमुख भुवन केसीका अनुसार पदाधिकारी पदमा उम्मेद्वारी दिनेहरूको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिनेछ। त्यसपछि साँझ ७ः३० देखि ८ः०० बजेसम्म उम्मेद्वारविरुद्ध दाबी-विरोध दर्ता गर्न सकिनेछ।
दाबी-विरोधमाथिको जाँचबुझ साँझ ८ः१५ बजेसम्म गरिनेछ भने उम्मेद्वारले नाम फिर्ता लिने समय साँझ ८ः३० बजेसम्म तोकिएको छ।
पदाधिकारी पदका उम्मेद्वारहरूको अन्तिम नामावली साँझ ८ः४५ बजे प्रकाशन गरिनेछ। त्यसपछि राति ८ः४५ देखि ९ः१५ बजेसम्म मौन अवधि रहनेछ।
मतदान राति ९ः१५ देखि १२ः१५ बजेसम्म सञ्चालन हुनेछ भने मतगणना राति १२ः१५ देखि १ः१५ बजेसम्म गरिने तालिका छ। निर्वाचन परिणाम राति १ः३० बजे घोषणा गरिने जनाइएको छ।
रास्वपाको गत आइतबारदेखि शुरू भएको महाधिवेशनको बन्दसत्र जारी छ।