arrow

विश्वकपमा इराकमाथि सेनेगलको गोलको वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-senegal-iraq.jpg

काठमाडौँ । विश्वकप फुटबलबाट बाहिरिएको सेनेगलले समूह चरणको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । आज बिहान सम्पन्न खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित हासिल गरेको हो । 

सेनेगलले खेलको चौथो मिनेटमै गोलको खाता खोल्यो । सेनेगललाई जिताउन पेपे युयेले दुई तथा अबिब डियारा, इस्माइला सार र इलिमान एनडियेले एक एक गोल गरे । 

इराकका रेबिन सुलाकाले खेलको १३ औँ मिनेटमै रातो कार्ड पाएका थिए । यो जितसँगै सेनेगल सान्त्वना जितसहित विश्वकपबाट ३ अंकसहित बाहिरिएको छ । 

यता इराक अंकविहीन हुँदै बाहिरिएको छ । इराकले विश्वकपमा एक गोल गर्दा १२ गोल खाएको थियो । 

समूह आईबाट फ्रान्स समूह विजेता र नर्वे समूह उपविजेता बन्दै विश्वकपको अन्तिम ३२ मा पुगेका छन् । 

अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध शानदार प्रदर्शन गरेको छ । फ्रान्सले आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले हरायो । 

खेलमा फ्रान्सलाई जिताउने क्रममा ओस्माने डेम्बेलेले ह्याट्रिक गरे । ओस्मानले खेलको सातौँ, बीसौँ र ३२ औँ मिनेटमा गोल गर्दै मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरेका थिए । 

फ्रान्सलाई चौथो गोल इन्जुरी समयमा डिजायर डोएले गरे । नर्वेका लागि २१ औँ मिनेटमा थिओ आस्गार्डले सान्त्वना गोल गरेका थिए । 

यो जितसँगै फ्रान्सले शतप्रतिशत नतिजासहित समूह आईको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने नर्वे ६ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ