arrow

अघि बढ्न मन पर्छ

logo
कविता गौतम,
प्रकाशित २०८३ असार १३ शनिबार
kabita-gautam-83-3-13.jpg

मलाई आफू व्यस्त राख्न मन पर्छ,
समयसँगै पाइला चाल्न मन पर्छ।
खाली मनमा अनगिन्ती सोच आउँछन्,
त्यसैले सपनामा हराउन मन पर्छ।

काममै मेरो खुशी लुकेको छ,
संघर्षमै मेरो भविष्य फुलेको छ।
आरामभन्दा प्रयास रोज्छु म,
हरेक दिन केही नयाँ सिक्न मन पर्छ।

जीवनले जति परीक्षा लिए पनि,
हार मानेर बस्न मन पर्दैन।
पसिनाका थोपामा सफलता खोज्दै,
आफ्नै यात्रामा अघि बढ्न मन पर्छ।

अरूको भर होइन,
आफ्नै मेहनतमा विश्वास गर्न मन पर्छ।
त्यसैले हरेक दिन, हरेक पल,
मलाई आफू व्यस्त राख्न मन पर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ